हेटौंडा – नेकपा (एमाले) मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । गत शुक्रबारदेखि हेटौंडामा सुरु भएको १२औँ जिल्ला अधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।
अध्यक्षका लागि रघुनाथ खुलाल, श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल र इन्द्रमान स्याङतान गरी पाँच जनाले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्षका लागि हिदम लामा, धुर्वप्रसाद चौलागाई, भरत दुलाल, सुनिल मोक्तानले उम्मेदवारी दिनुभएको छ भने सचिवमा मनदकुमार दाहाल, सुमित्रा काफ्ले, नरहरी महत, राजन थापा र सिता विष्टको उम्मेदवारी रहेको छ ।
त्यसैगरी, उपसचिव खुल्लातर्फ कृष्णप्रसाद चौलागाई, इन्द्र नेपाल, दीपक खड्का, फुर्वादोर्जे लामा र खेमराज जर्गा मगरले उम्मेदवारी दिएका छन् भने उपसचिव महिला तर्फबाट जुना दाहाल, कल्पाना बलामी, आरती पाठक, पार्वती रानाले उम्मेदवारी दिएका छन् ।अपरान्ह १२ बजेबाट मतदान हुने तालिका रहेको निर्वाचन अधिकृत सुजन तिमल्सिनाले जानकारी दिए । अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

















