मकवानपुर । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालन गर्ने निर्णयको चर्को विरोध भएको छ । आज मात्रै पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्न माग गर्दै बागमती प्रदेश सभा अगाडि विभिन्न पार्टी निकट युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र माओवादी केन्द्रका युवाहरु लगायत बिभिन्न पाटीका युवाहरूले प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेकाे हो । बिभिन्न दल सहभागी भएका युवाहरुले कालो व्यानरसहित नाराबाजी गर्दै विरोध जनाएका थिए । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई नीजिकरण गर्न खोजेको कारणले बिरोधमा उत्रिएको प्रर्दशनकारी हरुले बताए।

उनीहरुले सार्वजनिक सम्पत्तिलाई निजीकरण गर्न बन्द गर,अस्पताललाई स्मारक बनाउन बन्द गर, क्याबिनेटको निर्णय मान्य हुन्न जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।
















