हेटौंडा । उपयोगी सहस्राब्दी वचत तथा रिण सहकारी संस्था लिमिटेड ले सहकारी शिक्षा बारे एक दिने प्रामर्स कार्यक्रम गरेको छ । हेटौंडा ११ मा रहेको ४ वटा टोल विकास संस्थालाई लक्षित गरि सहकारी बारे जानकारी दिएको हो ।

उपयोगीका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षता तथा ११नम्बर वडा अध्यक्ष जुना दाहाल को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्य ले जानकारी दिए । समुदाय लक्षित कार्यक्रममा वचत के हो ? , वचत किन र कसरी गर्ने ? , रिण लिदाका फाइदा बेफाइदा लगायतका विषयमा जानकारी गराइएको थियोे । कार्यक्रममा वडासदस्य गोपिनी सापकोटा , गिता सुनार लगायतकाको आतिथ्यता रहेको थियोे ।
सहकारी संस्था लिमिटेड ले सहकारी शिक्षा बारे एक दिने प्रामर्स













