हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–२ थुम्कीका ४५ वर्षिय बिर बहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लागेर घाईते भएका प्रजालाई उपचारको लागि हेटौडा अस्पताल ल्याईएको तर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जनाकारी दिएका छन्।

















