हेटौंडा। हेटौंडा ११ का ४०० केभी बिद्युत लाइन प्रशारण पीडितहरुको गुनासो सुन्न नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मकवानपुरका पदाधिकारीहरले तदारुकता देखाएका छन् । माओवादी केन्द्रका नेताहरु प्रल्हाद लामिछाने , भिम पाखृन , कमलचन्द्र सुमन , बिवेक राई लगायतका नेताहरले सिमलटार बस्तीमा पुगेर पिडितहरुको गुनासो प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड सामु पुर्याइदिने र सधै पिडित हरुको साथमा रहेर साथ दिने प्रतिबद्धता जनाए । 
माओवादी केन्द्रका ११ नम्बर वडा कमिटीले आयोजना गरेको अंतरकृया कार्यक्रममा १२७ घरधुरीका प्रसारण लाइन पीडितहरुको सहभागीता रहेको थियोे । कार्यक्रमबाट जीवन गुरुङको अध्यक्षतामा नयाँ संघर्ष समिति समेत निर्माण भएको छ । पीडितहरुले उचित क्षतिपुर्तीको माग राख्दै आएका छन् । प्रसारण लाइन पीडितहरुले आफुहरुसङग कुनै सरसल्लाह नै नगरी बिद्युत प्रसारण लाइनको उद्घाटन गरेको कुराप्रती आफुहरु चिन्तित रहेको बताएका छन् ।















