हेटौंडा । पछिल्लो समय विवादसँगै चर्चामा आएको हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले प्रेस विज्ञप्ति सहित आफ्नो धारणा सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्तीमा रास्वपा मकवानपुरले हेटौंडा अस्पतालको अस्तित्व समाप्त पारी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिने बिसय स्विकार्य नभएको स्पष्ट पारेको छ ।
रास्वपा मकवानपुरले सो निर्णयको घोर विरोध गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ भने हेटौंडा अस्पतालको जबरजस्ती खारेज गरिएको अस्तित्वलाई जोगाउन कानूनी उपचारको खोजीमा लाग्ने व्यहोरा सर्वसाधरणलाई जानकारी गराइन्छ।