हेटौंडा अस्पताल लाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न गाभ्नु माग गर्दै सक्रिय ११ दलले गर्यो बिज्ञप्ति जारी : हेर्नु होस बिज्ञप्ति

Image

हेटौंडा । सुक्रबार सात बुँधे माग सहित नेपाल कम्युनिस्ट पार्टी,मकवानपुर साथै अन्य मकवानपुरमा रहेका सक्रिय ११ राजनीतिक दलहरुको समर्थनमा बागमती प्रदेशको मकवानपुर जिल्लामा रहेको ऐतिहासिक हेटौडा सरकारी हस्पिटललाई स्वायत्त संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०७६/असोज २ गतेको गाभ्ने निर्णय मकवानपुर बासी जनताको हित विपरीत रहेकोले खारेजीको मागसहित प्रेस विज्ञप्ति जारि गरिएको छ।

प्रेस विज्ञप्तिमा के के माग गरिएको छ?

१ – २०७६/ असोज २ गते को निर्णय खारेज गरिनुपर्ने ।

२- हेटौंडा सरकारी अस्पताललाई प्रदेश अस्पतालमा बिकास गर्नु पर्ने ।
३- मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ५०० बेडको छुट्टै अस्पताल बनाई बिकास गरिनुपर्ने।

४- हेटौंडा सरकारी अस्पतालको खाता निरन्तर संचालन गर्नु पर्ने।

५- हेटौंडा सरकारी अस्पतालको बोर्डमुनि राखिएको मदन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नाम १५ दिन भित्र हटाउनु पर्ने।

६- मदन भण्डारी स्वास्थ्य प्रतिस्ठानले हेटौंडा अस्पतालको बिषयमा कुनै पनि हस्तक्षेप गर्न नपाउने।

७- हेटौंडा अस्पतालको व्यवस्थापन कुशल र अनुशासनमा राखेर बिकास गर्नु पर्ने।

यस्तै माग सहित सक्रिय ११ दलको बिज्ञप्ति अनुसार समयमै माग सम्बोधन नभएमा जनता र राष्ट्रको लागि जस्तो सुकै संघर्ष गर्नुपरेपनि आफुहरु तयार रहेको जनाईएको छ।