दुई दिने घरेलु उत्पादन प्रबर्द्धन , प्रर्दशनी तथा नृत्य प्रतियोगिता एवम शैक्षिक मेला हुने

Image

हेटौंडा/ बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्‍याउने उदेश्यले दुई दिन ११ र १२ गते प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको वडाका अध्यक्ष फूर्वा दोर्जे तामाङ्गले पत्रिका सम्मेलन गरि जानकारी दिनुभयो ।

प्रदर्शनीमा नगरका १९ वटै वडा भरीका घरेलु तथा हस्तकला,कृषि, ढाकाबाट बनेका समानहरुको प्रदर्शनी तथा बिक्रि वितरण गरिने जनाइएको छ।

दुईदिने प्रदशनी कार्यक्रममा १०० वटा स्टलहरु राखिने छन् भने व्यवसायीहरुलाई स्टल निःशुल्क उपलब्ध गराइनेछ ।
यस्तै कार्यक्रममा स्थानीय जातजाति, भेषभुषा र सँस्कृतिलाई संरक्षण गर्ने उदेश्यले कला,सँस्कृति झल्किने नृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ ।

नृत्य प्रतियोगितामा नगरका १९ वटै वडाका ईच्छुक कलाकारहरुले सहभागिता जनाउन पाउनेछन् भने
नृत्यमा प्रथम ५० हजार, द्वितिय ३५ हजार र तृतिय २० हजार पुरस्कार प्रदान गरिनेछ छ साथै सान्तवना हुने ४ समुहलाई प्रति समूह ५ हजार पुरस्कार दिईने भएको छ ।
प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य बनाउन ५७ सदस्यीय १ मूल समिति र ६ वटा उपसमितिहरु गठन गरिएको छ  ।
टोल विकास संस्था, नगर समन्वयन समिति, वडा समन्वयन समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पा देवि उद्यमि महिला केन्द्र, स्थानीय क्लब, राजनीति दल लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहने वडाअध्यक्ष तामाङ्गले बताउनुभयो ।