हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडामा महिलाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर हुने

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं. ८ मा भोलि ३ गते  निशुल्क स्वास्थ्य शिविर हुनेभएको छ

हेटौंडा उपमहानगरपालिका वडा नं. ८ को आयोजनामा, कमाने सहरी स्वास्थ्य केन्द्रको संयोजन तथा परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा महिलाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको
वडा अध्यक्ष राम थापाकाले जानकारी दिनुभयो।

शिविरमा महिलाहरूको पाठेघर मुखको क्यान्सर परीक्षण तथा यौन स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो। वडा कार्यालयमा आयोजित शिविर फागुन ५ गते (शनिवार) बिहान १० बजे सुरु भई दिउँसो ४ बजे सम्पन्न हुनेछ।
हाल महिलाहरूमा पाठेघर मुखको क्यान्सर र अन्य यौन रोगका समस्या बढ्दै गइरहेको र स्वास्थ्य जाँच गराउन कठिनाइ झेलिरहेका कारण यो शिविर सञ्चालन गरिएको जानकारी दिदै शिविरमा विशेषज्ञ स्त्रीरोग चिकित्सकद्वारा चेकजाँच गरिने उहाले जानकारी दिनुभयो।
स्थानीय महिलाहरूलाई स्वास्थ्य परीक्षणको अवसर दिलाउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा उपस्थित भई लाभ लिन वडा अध्यक्ष राम थापाले आग्रह गर्नुभएको छ।