हेटौंडा/ उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा हेटौंडा-११, थानाभर्याङमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। स्थानीय बासिन्दा, संघसंस्थाका प्रतिनिधि, तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिताका साथ कार्यक्रम उत्घाटन गरिएको छ। उक्त कार्यक्रममा रक्तदाताहरूले आफ्नो रक्तदान गरी मानव सेवामा योगदान दिन उपस्थिति रहेका थिए।
कार्यक्रमको उद्घाटन हेटौंडा-११ की वडा अध्यक्ष जुना दाहालले प्रमुख अतिथिको रूपमा रक्तदाता लाई बधाई तथा सुभकामना दिदै उत्घाटन गर्नुभएको थियो। उहाँले रक्तदानजस्तो पुण्यकार्यलाई सहकारी संस्थाहरूले प्रवर्द्धन गर्नु प्रशंसनीय भएको बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो।
सभाध्यक्ष दिनेश विडारीको नेतृत्वमा भएको कार्यक्रम यज्ञ बहादुर आचार्यको संयोजकत्वमा सञ्चालन भएको थियो। विशेष अतिथिहरूमा वडा नं. ११ का वडा सदस्य विकास नेपाल, सञ्जय विडारी, गोपिनी सापकोटा, गीता सुनार, वागेश्वरी साकोसकी अध्यक्ष आशा अर्याल, तथा सामुदायिक सेवा केन्द्रकी प्रहरी सहायक हवल्दार निमा भण्डारी रहनुभएको थियो।
उपयोगि सहस्राब्दी सहकारी संस्थाले आगामी दिनमा पनि सामाजिक सेवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।














