Khabar Board
Flash logo up side
Nirbachan aayog

जिल्ला प्रशासन कार्यालय बैतडीले राति पनि सेवा दिने

Nirbachan m

बैतडी ।

जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ। सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भिड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो।

पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भिड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

दुई दिन बिदा भएपछि सेवाग्राहीको भिड बढ्दै गएको भारतीको भनाइ छ। उनले भने, ‘टाढा-टाढाबाट सेवाका लागि आउने गरेका छन्। कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौं।’

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भिड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

Panacea Education

सूचना अधिकारी भारतीले भने, ‘सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किऊन् भन्ने हाम्रो उद्देश्य हो। जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने गरेका छौं। कुनै दिन राति १० बजेसम्म सेवा दिइएको छ।’ जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीको भिड बढ्दै गएको छ।

जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ।पुरानो नागरिकता भएमा राष्ट्रिय परिचयपत्रको सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ।

जिल्लाका सबै वडामा हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम भइरहेको छ । हाल दैनिक नयाँ नागरिकता र प्रतिलिपि गरेर १५० सेवाग्राही प्रशासन कार्यालय आउने गरेका छन्। सरकारले दुई दिन बिदा दिने गरेको तथा हप्तामा पाँच दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको चाप बढ्दै गएको प्रशासन कार्यालयले जनाएको छ । -रासस

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.