संविधान दिवसको अवसरमा बैतडीको खोड्पे बजार सरसफाइ

Image

बैतडी ।

संविधान दिवसको अवसर पारेर आज बैतडीको खोड्पे बजारमा सरसफाइ गरिएको छ । पाटन नगरपालिका वडा नं ८ को कार्यालयको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए ।

सरकारले तीन दिन संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्देशन दिएकाले खोड्पे बजार र आसपासका क्षेत्रमा सरसफाई गरिएको उनले बताए ।

सरसफाई कार्यक्रममा जनप्रतिनिधि, व्यापारी, सुरक्षाकर्मी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।