अ.न.पा ८ का युवाहरुले भलिबल प्रतियोगिताबाट पाएको पुरस्कार क्यान्सर पीडितलाई सहयोग

Image

डडेलधुरा ।

डडेलधुरा जिल्ला अमरगढी नगरपालिका वार्ड न. ०१ स्थित संचालन भएको वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगितामा तिर्तिय स्थान भएका अमरगढी नगरपालिका वार्ड न. ०८ का युवा खेलाडीहरुले आफुले पाएको पुरस्कार सोही वार्ड बासी क्यान्सर पीडित बिनोद पर्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।

बिनोद लामो समय देखी क्यान्सर पीडित भै बस्नु भएको उनका बुवा कलुवा पर्किले बताउनुभएको छ । साथै उनको पारिवारिक स्थिति पनि एकदम कम्जोर भएकाले सहयोगका लागि उनले सम्पूर्णलाई हार्दिक अनुरोध गर्नु भएको छ ।