बैतडी ।
बैतडी प्रदेशसभा निर्वाचन क्षेत्र न(क)मा नेकपा एमालेका सुरेन्द्र पाल विजयी भएकाछन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १हजार ८सय १३ मतान्तरले पराजीत गर्दै विजयी भएका हुन् ।
पालले १२हजार ८सय ३१मत ल्याई विजयी हुदाँ स्वतन्त्र भण्डारीले ११हजार १८ मत प्राप्त गरेकाछन् भने, कांग्रेशका वीर बहादुर बिष्टले १०हजार ९सय ५३ मत पाएका छन् ।
प्रदेशसभा (ख) तर्फ भने गठबन्धनबाट कांग्रेश उम्मेदवार शिवराज भट्टले एमालेका लिलाधर भट्टलाई पराजीत गर्दै विजयी भएकाछन् ।
शिवराजले १७,१५२ मत प्राप्त गर्दा एमालेका लिलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे । प्रदेशसभा (ख)मा ३७,२७८ मत खसेको थियो ।
भट्ट नेपाली कांग्रेस बैतडीका पूर्व पार्टी सभापती हुन् ।














