Khabar Board

बैतडीमा प्रतिनिधि सभाको मतगणना तीन ठाउँमा चल्दै, मत परिणाम आजै रातीसम्म आउने

बैतडी

बैतडीमा प्रतिनिधि सभा तर्फको अन्तिम मत परिणाम आजै आउने भएको छ । प्रदेश सभाको मतगणना सम्पन्न भएपछि अहिले तीन ठाउँबाट मतगणना चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जारी मतणनामा अहिले सम्म पञ्चेश्वर, शिवनाथ, पुर्चौडी,डिलाशैनी, सिगास र मेलौलीको मतगणना सम्पन्न भइसकेको छ । सुर्नया र पाटनका केही वडाको मतगणना बाँकी रहेको छ । त्यस्तै दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाको मतगणना बाँकी रहेको छ ।

अहिले सम्मको मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवार दामोदर भण्डारीले पछ्याइरहेका छन् ।

४८ हजार गणना हुदा माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँरले  २१,२८५ मत प्राप्त गरेका छन् भने एमालेका दामोदर भण्डारीले १९,९३२ मत ल्याएर पच्छ्याइरहेका छन् ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.