बैतडी ।
१६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियानको अवसरमा बैतडीको पाटन नगरपालिका वडा नम्बर ०८ मा युवाको नेतृत्वमा यौनिक तथा प्रजनन् स्वास्थ्य र लिङ्गका आधारमा हुने हिंसाका विषयमा समाजिक सम्बाद कार्यक्रम सम्पन्न गरिएको छ ।
युवालय बैतडीको आयोजना र वडा नम्बर ०८ को समुन्वयमा उक्त कार्यक्रम आज मंगलबार खोडपे स्वास्थ चौकीको हालमा सम्पन्न गरिएको युवालय बैतडीका जिल्ला संयोजक कमला बिष्टले बताउनुभयो ।
उनका अनुसार “आज हामीले वडा ०८ मा युवाको नेतृत्वमा हुने यौनिक तथा प्रजनन स्वस्थ्य र लिङ्गका आधारमा हुने हिंसाका विषयमा समाजिक सम्बाद राखेका थियौ । उक्त विषयबस्तु अन्तरगत रहि वडामा भएका समस्य के-के, समस्यको समाधानका उपाय के-के र समस्यको समाधान कसले गर्ने र कसरी गर्नेबारेमा छलफल गरेका थियौ । युवालयले बैतडीका २ पालिका अन्तर्गत ५/५ वडामा रिफ्लेक्ट कक्षा संचालन गर्दै आइरहेको समेत बताएका छन् । “
यस्तै, उक्त कार्यक्रममा वडा नम्बर ०८ का अध्यक्ष हरिश बिष्ट, वडा सदस्य कृष्ण सिह महरा, करन बिष्ट, प्रहरी चौकी खोडपेका प्रहरी प्रतिनिधि बल बहादुर धामी लगायत वडाका युवाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले भने “वडा भित्र रहेका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि समस्य पहिचान गरि सम्पुर्ण वडाका युवाहरू संग आवश्यक छलफल गरि समाधानका उपायहरू खोज्ने छौं र चाडैं समाधान तिर जाने समेत बताएका छन् । ”