Khabar Board
Flash logo up side
flash header

बैतडीका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार

Nirbachan m

बैतडी ।

Center article

बैतडीका तीन जना किसानहरुलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिएको छ । कृषि पेशामा लागेर राम्रो काम गरिरहेका अगुवा किसानहरुलाई सो पुरुस्कार प्रदान गरिएको हो ।

सोमबार जिल्ला सदरमुकाममा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय डोटीले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई पुरस्कार वितरण गरेको हो ।

‘भीमदत्त उत्कृष्ट कृषक’पुरस्कारबाट दशरथचन्द नगरपालिकका .९ का महेश पाण्डेय , पाटन नगरपालिका.९ का जयन्ती बिजले र मेलौली नगरपालिका ६ का चिन्तामणी भट्ट सम्मानित भएका हुन् ।

उनीहरुलाई जनही २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताए ।

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार बैतडीका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

उत्कृष्ट किसानहरुलाई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दोसल्लासहित पुरस्कार प्रदान गरेका थिए । किसानहरुलाई पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी पन्थीले कृषि पेशाबाटै राम्रो गरेका किसानहरु पुरस्कृत भएकोमा खुसी व्यक्त गरे ।

पुरस्कार प्राप्त भएपछि आफूहरुलाई कृषि पेशामा लाग्न थप प्रेरणा मिलेको किसान चिन्तामणी भट्टले बताए । कृषि पेशाबाटै आफूले जिविकोपार्जन गरिरहेकाले यो पुरस्कारले थप प्रेरित गरेको उनले बताए । नमूना कृषकको रुपमा परिचित भट्टले कृषि व्यवसायलाई थप अगाडि बढाउने बताए ।

यस्तै पुरस्कारबाट पुरस्कृत भएकी महिला किसान जयन्ती बिजलेले पुरस्कार पाउँदा खुसी लागेको बताइन् । कृषि पेशाबाटै आफू समाजमा स्थापित भएको र आम्दानी समेत गरिरहेको उनले सुनाइन् । यो भन्दा पहिला पनि उनी विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।

पाटन नगरपालिकाको नगरकार्यपालिका सदस्य समेत रहेकी बिजलेले कृषि पेशाले नै आफूलाई राजनीतिमा समेत सफलता मिलेको बताइन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.