Khabar Board
Flash logo up side
flash header

दार्चुला हिमपहिरो : सात जनाको उद्धार, पाँच अझै बेपत्ता

Nirbachan m

काठमाडौँ ।

Center article

दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका १२ जनामध्ये सात जनालाई प्रहरीले उद्धार गरेको छ । पाँच जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । त्यहाँ स्थानीय यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो ।

मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको जानकारी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले दिए । उनका अनुसार टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाँदै आएका थिए ।

केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेका अनुसार अनुसार त्यहाँ अहिले करिब पाँच फिट हिउँ जमेको छ । बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.