डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका –४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा मृत्यु भएको छ। उपचारका क्रममा लापरबाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–३ दिपायलका लोकेन्द्र भुलकी ९ वर्षीया छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएको थियो।
सोहीको उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधवार साँझ उप्रेसन गर्ने क्रममा औषधिको रियाक्सनले रजनीको मृत्यु भएको प्रहरीले जनाएको छ।
अपरेसन थिएटरमा राखेर बेहोस बनाउने क्रममा औषधिको रियाक्नले बालिकाको ज्यान गएको बताइएको छ। उपचारका क्रममा चरम लापरबाही भएको आरोपमा अस्पतालमा कार्यरत चिकित्सकहरू डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अविशेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपचारका क्रममा बालिकाको ज्यान गएको सुजङ्ग अस्पतालका प्रमुख अर्जुन बलायरले बताए।

















