बैतडी । आर्थिक अभावका कारण बैतडीकी बेलु भाटको उपचारमा समस्या भएको छ। आर्थिक अभावले बैतडी जिल्ला पाटन नगरपालिका वडा नं. ९, धारापानी बस्ने बेलु भाटको उपचारमा समस्या भएको हो। मेरुदण्ड खिइएको र क्यान्सर हुने अवस्थामा रहेकी बेलु हाल भारतको चण्डिगढमा रहेको PGI अस्पतालमा उपचाररत छिन् ।
बेलुको स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको थियो। डडेल्धुरा अस्पतालमा उपलब्ध भएका सबै रोगहरुको चेकजाँच गर्दा पनि रोग पत्ता लाग्न नसक्दा थप उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा भर्ना गरेको थियो ।
माया मेट्रो अस्पतालमा सबै चेकजाँच र MRI गर्दा उहाँको मेरुदण्डमा समस्या देखिन आएकाले धनगढी र नेपालगन्जमा पनि उपचार सम्भब नहुने भएकाले उपचारका लागि भारतको चण्डिगढमा रहेको PGI अस्पताल लैजानु पर्ने डाक्टरको सल्लाह अनुसार लगिएको थियो।
PGI अस्पतालको ईमर्जेन्सी कक्षमा उहाँको चेकजाँच गर्दा मेरुदण्डको हड्डीको भित्री भागमा मासु पलाएको, मेरुदण्ड खिइएको र क्यान्सर हुने अवस्थामा रहेकाले तत्काल अप्रेसन गर्नपर्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको श्रीमान गगन सिंह भाटले बताए।
आर्थिक सहयोगका लागि उन्का श्रीमान गगन भाटले अनुरोध गरेका छन्। आफूसँग र आफन्तले गरेको सहयोगबाट जुटाएको खर्च डडेल्धुरा, धनगढी चेकजाँचमै सकिएको उनले सुनाए। ‘आफूसँग भएको सबै पैसा डडेल्धुरा, धनगढी चेकजाँचमै सकियो। अहिले यता डाक्टर पैसा धेरै लाग्छ भन्नु भएको छ।’
आर्थिक अवस्था सारै नाजुक रहेको, गाउँले आफन्तजन र इष्टमित्रहरु मिलेर हाल सम्मको चेकजाँच र यातायातको व्यवस्थापन गरेका थिए । गगन सामान्य खेती कृसानी गरेर जीवन गुजारागर्दै आइरहेका र घरमा छोराछोरी पनि सानै रहेका छन्।
यसरी गर्न सकिनेछ सहयोग
नाम : गगन सिंह भाट
खाता नं. 1907010250948 ग्लोबल आइएमई बैंक
फोन : 9868501061/984-8860123
अथवा तल राखिएको उक्त बैंकको क्युआर कोडमा रकम हाली सहयोग गर्ने सकिन्छ ।