हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा रहेका बिभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको भ्रमण गरि देशभरिनै परिचित गराउन हेटौंडा एडभेन्चर क्लबले ६५ वटा मोटरसाइकल सहित हेटौंडा उपमहानगरपालिका, मकवानपुर गढीमा रहेका पर्यटकिय क्षेत्रहरूमा यहि ५ गते सनिवार यात्रा गर्ने भएको छ।
देशकै मध्य भागमा रहेको सुन्दर नगरी हेटौंडा नेपालकै एक प्रमुख र महत्वपूर्ण सहर , बागमती प्रदेशको राजधानी समेत रहेको यस उपमहानगरपालिका भित्र बिभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल रहेका छन। यिनै धार्मिकस्थलहरुको भ्रमण गरि देश भरिनै हेटौंडामा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि पचिर परिचित गराउदै नगरमा पर्यटक भित्राउने उद्देश्यले यो हेटौंडा सम्पदा यात्रा २०८१ को परिकल्पना गरिएको एडभेन्चर क्लबका अधक्ष्य सुशिल सुवेदीले पत्रकार सम्मेलनमा बताउनु भयाे।
यस यात्रामा ६५ वटा मोटरसाइकल र १३० जना व्यक्तिहरु मकवानपुर सहित बारा , पर्सा, रौतहट तथा चितवन जिल्लाबाट सहभागीता रहेको छ भने कार्यक्रम सनिवार हेटौंडा ४ मा रहेको पशुपति मन्दिर बाट सुरु हुदै भुटनदेबी, पाथिभरा, स्मारक, पुण्यक्षेत्र, बृन्द्रावन, कुष्माण्ड, सरोवर ,फरेष्टि गुम्बा,कर्रा गुम्वा, चुरियामाई मन्दिर,जुरेथुम, गुम्वा डाडा, राजदेवी गुफा,सालक पार्क, मकवानपुर गढी, वंशगोपाल चौडा, मनकामना,बनस्खण्डी, दक्षिणकाली,रुद्बेश्वर,मनमोहन पार्क,कमाउने साथै वनदेवी मन्दिर हुदै हेटौंडा ७ मा रहेको पशुपति मन्दिर सम्म १२० किलोमिटर यात्राको समापन गरिने अधक्ष्य सुशिल सुवेदीले बताउनुभयो।















