Khabar Board

मिति २०८१ साल असोज १९ देखि २५ गतेसम्म हेर्नुहोस् साप्ताहिक राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता रोकिएका काम पुन: सुरु हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ । प्रेम जीवन सुखद् रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । स्वास्थ्य प्रति पनि सजग रहनुपर्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता लाभदायक यात्राको योग छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । वैदेशिक कार्य सम्पादन हुनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता आज घर परिवारमा झैझमेलाको अवस्था आउला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मङ्गलवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता सफल यात्राको योग छ । स्वादिष्ट भोजन पनि पाइनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । पुँजी बजारले पनि साथ दिनेछ । बुधवारबाट ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आत्मबलमा कमी आउने छ । कर्म क्षेत्र पनि सङ्घर्षशील रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो हप्ता लाभहानी सुख दु:ख बराबरी खालको दिन रहनेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ, तर आर्थिक कारोबारमा समस्या आउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । छोटो दुरीको सफल र लाभदायक यात्रा पनि हुनेछ । कुनै नकुनै कुराले मनमा प्रसन्नता छाउने छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो हप्ता कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक प्रतिष्ठा कमाउन सकिनेछ । प्राविधिक र कृषिका काममा सफलता मिल्नेछ । धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । मध्य सातामा सामान हराउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साताको सुरुका दिनमा स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । शेयर बजारले पनि साथ नदेला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.