मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता चलाखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता शुभारम्भको चर्चा चल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो हप्ता स्वास्थ्यप्रति सजग रहनु होला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । भौतिक सुख पनि मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता लाभहानी, आयव्यय, सुख दु:ख बराबरी खालको दिनहरू रहनेछन् । यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो हप्ता प्रेमीको सहयोग प्राप्त हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । शुभ कार्यमा सरिक भइनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो हप्तामा आँटेको र ताकेको कार्य पुरा होला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । (अधिक जानकारीका लागि तुलसी भारद्वाज 977-9849559502)