काठमाडौं । आज आइतबार, ११ कात्तिक २०८१ (२७ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल :-
मेष : आफन्तसँग विवाद हुने सम्भावना छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। धेरै ठूलो महत्त्वाकांक्षा लिएर काम नगर्नु होला। साँझ कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ५१ वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
वृष : रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागिता भइएला। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट : रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ। रमणीय र सुखद् यात्राको योग छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह : यात्रामा मालसामान हराउन सक्छ। आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सहकर्मीबाट विरोध आउला। चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : नजिकको मित्रसँग भेटघाट हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। अधुरा वा नयाँ कार्यको थालनी हुनेछ। प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।
भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।
तुला : नयाँ कार्यको योजना बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।
वृश्चिक : शुभ समाचार सुन्न पाइएला। जोशजाँगर र हिम्मत बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन्।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसीक भोजन नगर्ने।
धनु : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। आम्दानी नहुदाँ दैनिक खर्चको लागि समस्या हुनसक्छ। घर परिवारमा झै–झमेलाको अवस्था आउला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर : मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। तपाईंका लागि समग्रमा सकारात्मक दिन रहेको छ। इच्छा र आकांक्षा पूर्ण हुनेछ। रमाइलो यात्राको योग रहेको छ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।
कुम्भ : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।
मीन : सांस्कृतिक कार्यमा सरिक भइने छ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ व्यक्तिसँग भेटघाट होला।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।