हेटौंडा हाम्रो घर बालगृहमा श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ हुने

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–५ सिँचाई टोलमा रहेको हाम्रो घर बालगृह समिति तथा ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ हुने भएको छ ।

मञ्चद्वारा सञ्चालनमा रहेको  हाम्रो घर बालगृह दिगोपनको लागि अक्षय कोष स्थापना गर्ने मुख्य उदेश्यले  यो महायज्ञ आयोजना गर्न लागिएको मञ्चकि अध्यक्ष तथा कार्यक्रम संयोजक इन्दिरा न्यौपानेले बताउनुभयो।

आउँदो फाल्गुन १ गतेदेखि आरम्भ हुने महायज्ञमा फाल्गुन १ गते कलश यात्रा, प्रत्येक दिन मण्डप पूजा, पाठ पारयण, कथा प्रवचन, भजन, लाखबत्ती प्रज्वलन, झाँकी प्रर्दशनी लगायतका धार्मिक कार्यक्रमहरु हुने संयोजक न्यौपानेले बताउनुभयो ।

अन्तिम दिन फाल्गुन ९ गते  भागवतको पुस्तकमा तिल चढाएर महायज्ञ समापन गरिनेछ भने महायज्ञमा प्रखर युवा वाचक पण्डित श्री रामचन्द्र तिमल्सिना र १ सय ८ भागवतका अभियानकर्ता पण्डित श्री हरिचन्द्र तिमल्सिनाको मुखारविन्दुबाट कथा बाचन हुने आयोजकले जनाएको छ ।

विगत १७ वर्षदेखि अभिभावकविहिन र बेसाहारा बालबालिकाको संरक्षण, हकहितको लागि ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालनमा हाम्रो घर बालगृह रहेको छ । हाल यस बालगृहमा २७ जना बालबालिकाहरु आश्रय लिइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो।