काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैतबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बुधबार एक विज्ञप्ति निकाल्दै दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना गरिने जनाएको छ ।
आयोजकले नयाँ संस्करणमा तीन टोली थप गरिएको समेत जनाएको छ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस्तै दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ ।
अब प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
यसैबीच नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहने भएको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बुधबार एक विज्ञप्ति निकाल्दै आगामी संस्करणमा तीन टोली थप गरिएको जनाएको छ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
आगामी फेब्रुअरीमा अक्सनबाट तीन टोली छनोट गरिने आयोजकले जनाएको छ । यस्तै दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ ।
अब प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।















