काठमाडौं । भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ । शनिबार राति भएको खेलमा भारत च्याम्पियन बनेको हो ।
भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको हो । भारत यू-१९ विश्वकपको सर्वाधिक च्यम्पियन हो । इग्ल्यान्डले दिएको १ सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे थियाे।
भारतको जितका लागि निशान्त सिन्धुले अविजित ५० तथा शैक राशीदले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।राज बावाले ३५ रन जोड्दा हार्नोर सिंहले २१ रन जोडे । कप्तान यास धूलले १७ र दिनेश बानाले अविजित १३ रन बनाए । इंग्ल्यान्डका जेम्स सेल्स, थोमस र जोशुवा बोइडनले २र२ विकेट लिएका थिए।
यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो । खराब सुरुआत गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासेका थिए । यस्तै जेम्स सेल्सले अविजित ३४ तथा जर्ज थोमसले २७ रन बनाए । भारतका राज बावाले ५ तथा रबि कुमारले ४ विकेट लिए ।