धनगढी । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघिको सिरिजमा नेपाल र युएईबीचको खेल सुरू भएको छ ।नेपालले युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निणय गरेको छ ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । लोकेश बम, स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिएको छ।
अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरी बेन्चमा रहेका छन् । शुक्रबारको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।














