काे बन्दैछ त ए डिभिजन लिगकाे बिजेता ? बी डिभिजन लिगकाे बिजेतासँग राेमाञ्चक खेल हुँदै

Image

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा बुधबार मछिन्द्र र सातदोबाटो भिड्दा त्यो धेरै अर्थमा विशेष खेल रहनेछ । यो खेलको सबैभन्दा ठूलो विशेषता के हो भने यसमा जित निकालेर मछिन्द्रले दोस्रो पल्ट लिग उपाधि निकाल्न सक्छ ।

अनि यसै क्रममा डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधिको रक्षा पनि गर्न सक्छ । मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ ।

सातदोबाटोले पहिलो पल्ट माथिल्लो डिभिजनमा खेलिरहेको हुनाले यो दुई टिमबीचको पहिलो खेल पनि रहनेछ । सातदोबाटो बी डिभिजनकाे वर्तमान च्याम्पियन पनि हो ।

त्यस अर्थमा यो ‘ए’ र ‘बी’ डिभिजनका विजेताबीच दशरथ रंगशालामा हुने खेल पनि रहनेछ । शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यसैबीच सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल फागुन तेस्रो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने जनाएको छ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

लिगको पहिलो दिन तीन खेलहरु हुने छन् । पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेलपाटीले लेखेकाे छ।