बैतडी । बैतडीको पाटनमा प्रथम प्रिमियर लिग हुने भएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा प्रथम पाटन प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता हुन गइरहेको आयोजक कमिटीका सदस्य खेमराज अवस्थीले बताए ।
उहाँले भने “प्रथम पाटन प्रिमियर लिग बैतडीकै पहिलो पटक पाटनमा हुन लागेको हो । प्रतियोगितामा जिल्ला भित्रका र जिल्ला बाहिरका क्रिकेट क्लब तथा विद्यालयहरुले सहभागिता जनाउन सक्ने छन।”
यहि मिति २०७८/११/१३ गते देखि खुल्ला क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, ट्रफी र प्रमाण पत्र रहेको छ । द्वितीय पुरस्कार २२ हजार २ सय २२, ट्रफी र प्रमाण पत्र राखिएको छ ।
यसैगरी मेन अफ द सिरीज लाई ३ हजार ३ सय ३३, ट्रफी र प्रमाण पत्र, बेस्ट ब्याट्सम्यान लाइ १ हजार १ सय ११, ट्रफी र प्रमाण पत्र र बेस्टबलर लाई १ हजार १ सय ११, ट्रफी र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।
श्री कृष्ण मा.विको खेलमैदानमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागि हुने टिमले फागुन ११ गते ०५ बजे सम्म टिम दर्ता गरिसक्नु पर्ने छ । टिमदर्ता शुल्क ६ हजार ५ सय रुपैया तोकिएको छ।