काठमाडौंं । ओमानमा आज देखि सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोटको नेपालमा प्रत्यक्ष प्रशारण अधिकार एड प्याडले पाएको छ। यसै साता ओमानमा सम्पन्न सम्पन्न चार देशीय सिरिजको नेपाल प्रशारण अधिकार समेत एड प्याडले पाएको थियो।
विश्वकप छनोटमा नेपालले खेल्ने खेलहरुको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने पक्का भएको छ। चार देशीय सिरिजको पनि हिमालय टिभीले प्रत्यक्ष प्रशारण गरेको थियो।
खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ। विदेशमा हुनेले फ्यानकोड ( Fancode ) एप तथा आईसीसी टिभी ( ICC.tv ) मार्फत प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्। युट्युब लाईभ बारे हालसम्म जानकारी प्राप्त भएको छैन।
टि-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो पहिलो खेल आज बिरुद्ध ओमान खेल्ने छ। नेपाल र ओमान बीचको खेल ओमानमा( नेपाली समय ११:४५ बजे बिहान )हुने छ।आफ्नो दोस्रो खेलमा फेब्रुअरी १९ तारिखमा फिलिपिन्ससँग खेल्ने छ।नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी २१ तारिखमा क्यानडासंग खेल्ने छ।
नेपाली टिम :
- सन्दिप लामिछाने ( कप्तान ) ,
- शरद भेसावकर,
- ज्ञानेन्द्र मल्ल,
- दिपेन्द्र ऐरी,
- कुशल भुर्तेल,
- आसिफ शेख,
- आरिफ शेख,
- अविनाश बोहरा,
- जितेन्द्र मुखिया,
- कमल सिंह ऐरी,
- बिबेक यादव,
- लोकेश बम,
- सागर ढकाल र
- गुल्सन झा रहेका छन् ।