काठमाण्डाैं : नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटकाे आफ्नाे पहिलाे खेलमा अहिले घरेलु टोली ओमानविरूद्ध सुरुवाति ब्याटिङ गरि रहेकाे छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङकाे निम्ताे पाएकाे हाे ।
तर नेपालकाे ब्याटिङ धर्मराएकाे छ । नेपालले धमाधम विकेट गुमाउन थालेकाे छ । अहिले सम्म ७ विकेट गुमाईसकेकाे छ । सुरुमै ५ बल मात्र खेल्न पाएका आशिफ शेख ४ रन मात्र बनाएर आउट भएका छन् । उनी पहिलाे ओभरकाे अन्तिम बलमा क्याच आउट भएका हुन् ।
त्यसैगरी ८ बल मात्र खेलेका कुशल भुर्तेल समेत मात्र ५ रन बनाएर आउट हुन पुगेका छन् । उनी पनि २.४ ओभरमा क्याच आउट हुन पुगेका हुन् ।
यसैगरी राम्राे ब्याटिङ गर्न थालेका ज्ञानेन्द्र मल्ल समेत आउट हुन पुगेका छन् । उनी १५ बलमा १५ रन बनाउँदै बाेल्ड आउट हुन पुगेका हुन् । उनी ६.५ ओभरमा बाेल्ड आउट हुन पुगे ।
त्यसैगरी पछिल्लाे समय राम्राे खेलिरहेका दीपेन्द्र सिंह ऐरी समेत ११ रनमै आउट हुन पुगेका छन् । उनले १८ बल खेल्न पाए । यस्तै १७ बल खेलेका लाेकेश बम पनि १६ रन बनाएर आउट भएका छन् । उनी १३.२ ओभरमा क्याच आउट हुन पुगेका हुन् ।
यसैगरी पनि विकेक यादव पनि आउट हुन पुगेका छन् । उनले १० बलमा ७ रन मात्र जाेड्न पाए । उनी १५.६ ओभरमा क्याच आउट हुन पुगेका हुन् ।
यसैगरी कमलसिंह ऐरी पनि आउट हुन पुगेका छन् । तीन बल खेलेका उनले एक रन मात्रै बनाउन पाए । उनी १७.२ ओभरमा उनी क्याच आउट हुन पुगेका हुन् । याे समाचार तयार पार्दा सम्म १८ ओभरमा नेपालले ७ विकेट गुमाएर ९१ रन जाेडेकाे छ ।
सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्दै विजयी सुरुआत गर्न आवश्यक छ। यो प्रतियोगिताअघि चार देशीय सिरिजमा नेपालले ओमानलाई हराएको थियो।
हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान र नेपालको भेट दुईपटक भएको छ। सन् २०१९ मा भएको पहिलो खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । तर, यही ११ फेब्रुअरीमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।
यसपालि टिमका महत्वपूर्ण सदस्यीय करण केसी र सोमपाल कामी छैनन्। उनीहरूको अनुपस्थितिमा नेपालको प्रदर्शन कस्तो होला? यो विषय हेर्न लायक हुनेछ । पूर्णरूपमा फिट नहुँदा करण र सोमपालले विश्वकप छनोट गुमाएका हुन्।
टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।
समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।