Khabar Board
Flash logo up side
flash header

लिटल फ्लावर प्रिमियर लिग : हिमालयन ह्वाइट हाउस र विद्या भूषण विजयी

Nirbachan m

धनगढी । ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्या भूषण विजयी भएका छन्। आजको पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको शारदाका कुनै पनि ब्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन्।

शारदाले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन्। शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले ४ विकेट लिए। सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १÷१ विकेट लिए।

यसअघि हिमालयनका लागि दीपक बोराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। दीपक बोहरा (सिनियर)ले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाए। अर्का दीपकले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए।

हिमालयनका लागि राहुल भण्डारीले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाए। शारदाका लागि मिलन बोहरा र अर्जुन सिंह साउदले समान २/२ तथा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले १÷१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनले नै पाए।

Center article

आजै भएको दोस्रो खेलमा विद्या भूषण पब्लिक स्कुलले लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो। १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरका कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

उसले १७ दशमलव ६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो। उसका लागि विपिन रावलले ३३ बलमा ३० रन बनाउँदा नरेन भट्टले १९ र प्रकाश जैशीले १५ रन बनाए। बलिङतर्फ विद्या भूषणका कप्तान शेर मल्लले ४, प्रदीप चन्दले ३, अर्जुन साउद, वीरेन्द्र नाथ र नरेन साउदले १÷१ विकेट लिए।

यसअघि विद्या भूषणका लागि वीरेन्द्र नाथले २६ बलमा ३४, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउद १४ र कप्तान शेर मल्ल १० रन बनाएका थिए। लिटल फ्लावरका पुष्कर बडुले कसिलो बलिङ गर्दै ३ ओभरमा ३ विकेट लिएर १९ रन दिए। प्रकाश जैशीले २, सुवास ऐर र नरेन भट्टले १÷१ विकेट लिए। खेलको प्लेयर अफ दी म्याच प्रदीप चन्द चुनिए।

सर्वाधिक छक्काको अवार्ड प्रदीप चन्द र वीरेन्द्र नाथले पाउँदा गेम चेन्जर अवार्ड पनि वीरेन्द्र नाथले नै पाए। प्रतियोगिताअन्तर्गत भोलि सोमबार पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउस प्रतिस्पर्धा गर्ने छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.