Khabar Board
Flash logo up side
flash header

सन्दीप र कुशलको आईसीसी वरीयातामा सुधार

Nirbachan m

काठमाडौं

 

नेपालका कप्तान सन्दीप लामिछाने र ओपनर कुशल भुर्तेलको आईसीसी ट्वान्टी–२० वरीयतामा सुधार भएको छ । ब्याटिङतर्फ कुशलको आठ स्थान सुधार भएको छ भने सन्दीपको बलिङतर्फ सात स्थान सुधार भएको छ ।

कुशल यससँगै ३१औँ स्थानमा उक्लिएका छन् । यसअघि कुशल ३९औँ स्थानमा थिए । ट्वान्टी–२० क्रिकेटमा कुशलको यो सबैभन्दा उच्च वरीयता हो । कुशलले ओमान सम्पन्न आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फिलिपिन्सविरुद्ध शतक बनाएका थिए । उक्त खेलमा कुशलले ६१ बलमा १३ चौका र एक छक्कासहित अविजित १०४ रन बनाएका थिए । कुशलले क्यानडाविरुद्ध अविजित ३४, यूएईविरुद्ध ७ र ओमानविरुद्ध अविजित ५५ रन बनाएका थिए ।

ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने ब्याटिङतर्फका वरीयातामा ४९औँ स्थानबाट एक स्थान तल झर्दै ५०औँ स्थानमा पुगेका छन् ।

Center article

पाकिस्तानका बाबर आजम र मोहमद रिजवान तथा दक्षिण अफ्रिकाका एडेन मारक्रम क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

बलिङतर्फ सन्दीप लामिछानेको ७ स्थान सुधार भएको छ । सन्दीप ४३औँ स्थानबाट ३६औँ स्थानमा उक्लिएका हुन् । अभिनाष बोहरा ८६औँ स्थानबाट ८२औँ स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाका तावरेज सम्सी, अस्ट्रेलियाका जोश हाज्लेउड इङ्ल्यान्डका एडिल राशिद शीर्ष तीनमा छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.