नेपाललाई फेरी ठूलो अवसर, अर्को यो देशसँग पनि मैत्रीपूर्ण म्याच खेल्ने

Image

काठमाण्डाैं।

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आउँदाे साता थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँग खेल्दैछ। त्यसैगरी थाइल्याण्डकै एक क्लबसाग पनि खेल खेल्दै छ ।

साेही खेलहरुलाई मध्यनजर गरेर नेपाली टिम बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टिम सुखद् नतिजाको लक्ष्यमा छ।

चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्दा तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र जगजित श्रेष्ठ भने उपस्थित थिएनन्। वैदेशिक क्लबहरुको अनुबन्धमा रहेकाले उनीहरु उपस्थित छैनन्। तर अन्तर्राष्ट्रिय भ्रमणमा उनीहरु समावेश हुनेछन्।

फिफा वरीयतामा नेपाल १६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ। पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो।

यसैबीच नेपाललाई मैत्रीपूर्ण खेलका लागि अर्काे बलियाे देशले बाेलाएकाे छ । फिफा वरीयतामा नेपाल भन्दा अगाडी रहेकाे फिलिपिन्सले नेपाललाई मैत्रीपूर्ण खेलका लागि निम्ताे दिएकाे हाे ।

फिफा वरीयताकाे १२९औं स्थानमा रहेकाे फिलिपिन्सले नेपाललाई निम्ताे दिएकाे प्रशिक्षक अल्मुताईरीले बताएका छन्। यसका लागि फिलिपिन्सबाट फाेन आएकाे नेप्लेज टीभीसँग कुरा गर्दै उनले खुलाएका छन्।

‘मैत्रीपूर्ण खेलका लागि अहिले हामीलाई फिलिपिन्सबाट पनि फोन आएको छ। मलाई फिलिपिन्सको राष्ट्रिय टिम कोचबाट फोन आएको हो,’ उनले भने, ‘सम्भव त हामी थप एक खेल अर्को खेल्ने छौँ। तर यो एकिन भने भइसकेको छैन्।’

छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्। यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्ड भने समूह ‘सी’ मा छ। यो समूहमा थाइल्यान्डसँगै उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन्।

यो पनि पढ्नुहोस
च्याम्पियन्स लिगको अन्तिम आठको ड्र सार्वजनिक, यी टिमबीच हुँदैछ भिडन्त?