मुम्बईविरुद्ध दिल्लीले टस जित्यो, विदेशी कोटाबाट यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

Image

काठमाडौं ।

१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेको छ दिल्ली र मुम्बईबीचको खेल ३ः४५ देखि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा सुरु हुनेछ ।

मुम्बईले आज विदेशी खेलाडीको रूपमा प्लेइङ-११ मा किरण पोलार्ड, ट्यामल मिल्स, डानियल साम्स र टिम डेविडलाई मौका दिएको छ । दिल्लीले विदेशी कोटामा टिम साइफर्ट र रोभम्यान पावेललाई मात्र मौका दिएको छ । हालसम्म मुम्बईले सर्वाधिक पाँचपटक उपाधि जितेको छ । दिल्लीले भने अहिलेसम्म उपाधि हात पार्न सकेको छैन ।

दिल्लीको प्लेइङ–११ : पृथ्वी शा, टिम साइफर्ट, मन्दीप सिंह, ऋषभ पन्त (कप्तान/विकेटकीपर), रोभम्यान पावेल, ललित यादव, अक्षर पटेल, शार्दुल ठाकुर, कुलदीप यादव, खलील अहमद र कमलेश नगरकोटी ।

मुम्बईको प्लेइङ–११ : इशान किशन (विकेटकीपर), रोहित शर्मा (कप्तान), तिलक वर्मा, अनमोलप्रीत सिंह, किरण पोलार्ड, टिम डेभिड, डानियल साम्स, मुर्गन आश्विन, टिमल मिल्स, जसप्रित बुमराह र बसिल थाम्पी ।