मुम्बईले दियो दिल्लीलाई बलियो लक्ष्य, इशान किशनले गरे चौकाको वर्षा

Image

काठमाडौं ।

१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई १७८ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो ।

उसका लागि इशान किशनले आक्रामक पारी खेले । उनले इशानलाई मुम्बईले मेगा अक्सनबाट कीर्तिमानी मूल्य १५ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । मुम्बईले अक्सनमा यति धेरै मूल्य खर्चेर खेलाडी किनेको यो पहिलोपटक हो ।

इशानले पहिलो खेलमा मूल्यअनुसार ब्याटिङ पनि उत्कृष्ट गरे । त्यस्तै, कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २१ र टिम डेविडले १२ रनको योगदान दिए । अनमोलप्रित सिंह ८ र किरण पोलार्ड ३ रनमा आउट भए । डानियल साम्स सात रनमा अविजित रहे ।

बलिङमा कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । कुलदीपले पछिल्लो केही सिजन कोलकाताबाट आईपीएल खेलेका थिए । त्यहाँ उनी लगातार फ्लप भइरहेका थिए । तर, दिल्लीमा अनुबन्ध भएसँगै उनले शानदार सुरुवात गरेका छन् । त्यस्तै, खलिल अहमदले २ विकेट लिए ।

मुम्बईले आज विदेशी खेलाडीको रूपमा प्लेइङ-११ मा किरण पोलार्ड, ट्यामल मिल्स, डानियल साम्स र टिम डेविडलाई मौका दिएको छ । दिल्लीले विदेशी कोटामा टिम साइफर्ट र रोभम्यान पावेललाई मात्र मौका दिएको छ । हालसम्म मुम्बईले सर्वाधिक पाँचपटक उपाधि जितेको छ । दिल्लीले भने अहिलेसम्म उपाधि हात पार्न सकेको छैन ।

दिल्लीको प्लेइङ–११ : पृथ्वी शा, टिम साइफर्ट, मन्दीप सिंह, ऋषभ पन्त (कप्तान/विकेटकीपर), रोभम्यान पावेल, ललित यादव, अक्षर पटेल, शार्दुल ठाकुर, कुलदीप यादव, खलील अहमद र कमलेश नगरकोटी ।

मुम्बईको प्लेइङ–११ : इशान किशन (विकेटकीपर), रोहित शर्मा (कप्तान), तिलक वर्मा, अनमोलप्रीत सिंह, किरण पोलार्ड, टिम डेभिड, डानियल साम्स, मुर्गन आश्विन, टिमल मिल्स, जसप्रित बुमराह र बसिल थाम्पी ।