नेपाल भर्सेस पिएनजी : सन्दीपले आज पनि लिए बाउको विकेट

Image

काठमाडौं ।

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनी (पिएनजी) ले पाँचौं विकेट गुमाएको छ । उसले पाँचौं विकेटको रूपमा सेसे बाउलाई गुमाएको हो । उनी पनि सन्दीप लामिछानेको बलमा ३० रनमा आउट भए ।

सन्दीपले सेसेलाई पटकपटक आउट गर्दै आएका छन् । यसअघि उनले वानडे सिरिजमा पनि उनको विकेट लिएका थिए । पिएनजीले पाँचौं विकेटको रूपमा कप्तान असद भालालाई गुमाउन पुग्यो । उनलाई पनि कप्तान लामिछानेले ७ रनमा क्याच गराए ।

पिएनजीले टोनी उरा ५, लेगा सियाका २१ र चार्ल्स अमिनीलाई २८ रनमा गुमाइसकेको छ । यो समाचार तयार पार्दासम्म पिएनजीले ११ ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि आसिफ शेखले ४३, रोहितकुमार पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४ र कुशल मल्लले ११ रन बनाए ।

लोकेश बम (५), दीपेन्द्रसिंह ऐरी (४) र सोमपाल कामी (१) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पिएनजीका चार्ल्स अमिनी, अलि नाओ, चाड सोपरले दुई/दुई, रिली हेकुरे र नर्मन भानुआले एक/एक विकेट लिए ।