यी तीन आईपीएल स्टार : जसले डेब्यू कप्तानीमै सर्वाधिक रन बनाए

Image

काठमाडौं ।

कुनै पनि खेलमा टोलीको नेतृत्व गर्नु त्यति सजिलो काम होइन । खेल मैदानमा कप्तानमाथि जिम्मेवारीको ठूलो दबाब हुन्छ । विश्वको सबैभन्दा कठिन टी–२० क्रिकेट लिग आईपीएलमा कप्तानको कुरा आउँदा यहाँ यो काम झन् कठिन हुन्छ ।

आईपीलमा अहिलेसम्म कप्तानी यात्रामा धेरै खेलाडीले बाटो बनाउने प्रयास गरे, जसमा केही सफल भए । धेरै खेलाडी भने आईपीएलमा कप्तानको रूपमा जम्न सकेनन् । यसैबीच, आज आईपीएलमा डेब्यू कप्तानीमै सर्वाधिक रन बनाउने तीन खेलाडीको चर्चा गर्दैछौं :

३. श्रेयस अय्यर : आईपीएल २०१८ को सिजनमा गौतम गम्भीर दिल्ली क्यापिटल्सको कप्तान थिए । दिल्लीले सुरुमा राम्रो प्रदर्शन गर्न नसकेपछि सिजनको बीचमा उनले कप्तानी छोडेका थिए । यसपछि दिल्लीले श्रेयस अय्यरलाई टोलीको नेतृत्व गर्ने जिम्मा दियो ।

उनले डेब्यू कप्तानीमै शानदार पारी खेले । अय्यरले कोलकाता नाइट राइडर्सविरुद्ध कप्तानीमा डेब्यु गर्ने मौका पाएका थिए । यस खेलमा अय्यरले ४० बलमा १० छक्का र ३ चौका प्रहार गर्दै अविजित ९३ रन बनाएका थिए । उनी आईपीएल इतिहासमा कप्तान पदमा डेब्यू गर्दै सर्वाधिक पारी खेल्ने तेस्रो ब्याटर हुन् ।

२. मयंक अग्रवाल : जारी आईपीएल सिजनमा मयंक अग्रवाल पञ्जाब किंग्सको कप्तानी गर्दै छन् । उनले पञ्जाबको टिमबाट आईपीएल खेल्न थालेको ६ सिजन भएको छ । मयंकले गत सिजनमा केएल राहुलको अनुपस्थितिमा पञ्जाबको कप्तानी गरेका थिए ।

उनले डेब्यू कप्तानमै अविजित ९९ रन बनाएका थिए । यद्यपि सो खेलमा पञ्जाब दिल्लीविरुद्ध पराजित भएको थियो ।

१. सञ्जु सामसन : यो सूचीको शीर्ष स्थानमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनको नाम आउँछ । राजस्थानले आईपीएल २०२१ मा सञ्जुलाई टोलीको कप्तानी दिएको थियो । उनले डेब्यू कप्तानीमै शानदार पारी खेलेका थिए ।

कप्तानको रूपमा आफ्नो पहिलो खेलमा सामसनले शतक बनाएका थिए । उनले पञ्जाब किंग्सविरुद्धको खेलमा १२ चौका र ७ छक्का प्रहार गर्दै ६३ बलमा ११९ रन बनाएका थिए । यद्यपि, उनको टोलीले सो खेलमा हार बेहोरेको थियो ।