काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको आईपीएलअन्तर्गत चौथो खेलमा लखनऊ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई १५९ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनायो ।
उसका लागि दीपक हूडा र आयुष बडोनीले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ चौका र दुई छक्कासहित ५५ रनको योगदान दिए । सस्तैमा शीर्ष क्रमका ब्याटर आउट भएको अवस्थामा हूडाले दबाबमा उत्कृष्ट पारी खेले ।
त्यस्तै, २२ बर्से बडोनीले पनि डेब्यूमै महत्वपूर्ण पारी खेले । उनले ४१ बलमा चार चौका र तीन छक्कासहित ५४ रन बनाए । इभन लुईस १०, क्विन्टन डिकक ७ र मनिष पाण्डे ६ रनमा आउट भए । कृणाल पाण्ड्या २१ रनमा अविजित रहे ।
गुजरातका मोहम्मद शामीले तीन, वरुण अरुणले दुई र राशिद खानले एक विकेट लिए । दुई वर्षपछि बलिङ गरेका कप्तान हार्दिक पाण्ड्या भने महँगा सावित भए । उनले ४ ओभरमा चार चौका र एक छक्कासहित ३७ रन खर्चिए ।