काठमाडौं ।
१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौं खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २११ रनको लक्ष्य दिएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनायो ।
उसका लागि कप्तान सञ्जु सामसनले आक्रामक पारी खेले । उनले २७ बलमा पाँच छक्का र तीन चौकासहित ५५ रन बनाए । त्यस्तै, देवदत्त पाडिक्कले ४१, जोस बटलरले ४१, शिमरोन हेटमायरले ३३, यशस्वी जैसवालले २० र रियान परागले १२ रनको योगदान दिए ।
हैदराबादका टी नटराजन, उरमान मलिकले दुई/दुई, भुवनेश्वर कुमार र रिमोरियो सेफर्डले एक/एक विकेट लिए । जारी लिगमा राजस्थान र हैदराबादले पहिलो म्याच खेलिरहेका हुन् । हालसम्म यी दुई टिमले एक/एकपटक आईपीएप उपाधि जितेका छन् ।