पिएनजीविरुद्ध नेपालको शतक पूरा, चौकाको वर्षा गर्दै रोहित र दीपेन्द्र

Image

काठमाडौं ।

टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) सँगको खेलमा नेपालले १०० रन अर्थात् शतक पूरा गरेको छ । नेपालले १२.४ ओभरमा शतक पूरा गरेको हो । १०० रन बनाउँदा नेपालले महत्वपूर्ण २ विकेट गुमायो ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई १७ रनमा गुमाउन पुग्यो । उनले आज २० बलमा २ चौकासहित १७ रन बनाए । त्यस्तै, अर्का ओपनर आसिफ शेखले भने आज पनि राम्रो लय देखाए । अघिल्लो खेलमा अर्धशतकीय पारी खेलेका उनले आज २९ बलमा चार चौका र एक छक्कासहित ३८ रनको पारी खेले ।

टस हारेर ब्याटिङको मौका नेपालको पारी यो समाचार तयार पार्दा रोहित पौडेल (२६) र दीपेन्द्रसिंह ऐरी (२२) ले सम्हालिरहेका छन् । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । १३ ओभरमा नेपालले २ विकेटको क्षतिमा १०६ रन बनाएको छ ।

आजको खेलमा युवा अलराउन्डर आदिल अन्सारीले डेब्यू गरेका छन् । उनलाई नेपाली क्रिकेट टोलीका पूर्वक्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू क्याप दिए । आदिल आक्रामक ब्याटिङको लागि चिनिन्छन् । उनले कुशल मल्लको स्थान लिँदै डेब्यूको मौका पाए ।