पिएनजीविरुद्ध करणले हासिल गरे नयाँ उपलब्धि

Image

काठमाडौं ।

टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी) ले पहिलो ओभरमै विकेट गुमाएको छ । उसले पहिलो विकेटको रूपमा चौथो बलमै लेगा सियाकालाई १ रनमा गुमाएको हो । उनी करण केसीको बलमा क्याच आउट भएका हुन् ।

योसँगै करणले टी–२० मा नयाँ उपलब्धि हासिल गरेका छन् । उनले नेपालको तर्फबाट यो प्रारूपमा ५० विकेट लिने बलरको उपलब्धि हासिल गरेका हुन् । करणले ३६ खेलमा यो उपलब्धि हासिल गरे । उनी नेपालको तर्फबाट टी–२० मा सर्वाधिक विकेट लिने दोस्रो बलर हुन् ।

यो प्रारूपमा उनको उच्च प्रदर्शन १७ रन दिएर ४ विकेट लिनु हो । करणअघि कप्तान सन्दीप लामिछाने मात्र छन् । लामिछानेले ६.२६ को इकोनमीमा सर्वाधिक ६७ विकेट लिएका छन् । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा अविनाश बोहरा छन् ।

उनले ३२ पारीमा ६.७१ को इकोनमीमा ३८ विकेट लिएका छन् । त्यस्तै, टी–२० मा सर्वाधिक विकेट लिने नेपाली बलरको सूचीमा सोमपाल कामीको नाम चौथो स्थानमा छ । उनले ३५ खेलमा ७ को इकोनमीमा ३२ विकेट लिएका छन् ।

यो पनि पढौं– मान्यता नपाएको करणको त्यो ‘ह्याट्रिक’

यो पनि पढौं– विराटका कारण यी युवकको गर्लफ्रेण्डसँग भयो ब्रेकअप