आईपीएलमा लखनऊको रोमाञ्चक जित, गत च्याम्पियन चेन्नईको लगाताार दोस्रो हार

Image

काठमाडौं ।

चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै लखनऊ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । गएराति सम्पन्न रोमाञ्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य लखनऊले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

उसको जितमा क्विन्टन डी ककले र इभिन लुईसले अर्धशतकीय पारी खेले । डिककले ४५ बलमा ९ चैकासहित ६१ र लुईसले २३ बलमा ६ चौका र तीन छक्काको सहयोगमा अविजित ५५ रन बनाए । कप्तान केएल राहुलले ४०, आयुष बदोनीले अविजित १९ र दीपक हूडाले १३ रनको योगदान दिए । चेन्नईका ड्वेन प्रिटोरियसले दुई, ड्वेन ब्रभो र तुषारदेशपाण्डेले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।​ उसका लागि रोबिन उथप्पाले आक्रामक पारी खेले । उनले २७ बलमा आड चौका र एक छक्कासहित सर्वाधिक ५० रन बनाए । यस्तै, शिवम दुवेले ४९, मोइन अलीले ३५, अम्बाती रायडूले २७, कप्तान रवीन्द्र जडेजाले १७ र महेन्द्रसिंह धोनीले अविजित १६ रनको योगदान दिए ।

लखनऊका आवेस खान, एन्ड्रयु टाय र रवि विश्नोइले दुई/दुई विकेट लिए । जितपछि लखनऊले २ खेलमा २ अंक जोडेको छ । लखनऊ र चेन्नईको खेलमा कुल ४२१ रन बनायो । लखनउका ब्याटरले ९ छक्का र १८ चौका हिर्काए । त्यस्तै, चेन्नईका ब्याटरले ८ छक्का र २४ चौका प्रहार गरे ।

लखनऊ र चेन्नईको खेल अवधिभर कुल १७ छक्का र ४२ चौका प्रहार भए । पहिलो खेलमा ऊ गुजरात टाइटन्ससँग पराजित भएको थियो । हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नई कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको थियो ।