को हुन् श्रीलंकन खेलाडीलाई बोल्ड गर्ने आरपी? यस्तो छ उनको मनछुने विगत

Image

काठमाडौं ।

सामाजिक सञ्जालमा केही दिनयता नेपाली क्रिकेटर आरपी पोखरेल चर्चामा छन् । दाहिने हात सानैमा गुमाएका उनले एक खेलमा श्रीलंकन ब्इाटरलाई बोल्ड गरेपछि सामाजिक सञ्जालमा थप चर्चामा आएका हुन् ।

पाँच वर्षको हुँदा धान काट्ने मेसिनमा परेर उनले हात गुमाएका थिए । तर, पोखरेलले हिम्मत हारेनन् । र, उनी क्रिकेटर बनेरै छाडे । आरपी शारीरिक अशक्तता भएकाहरूको नेपाली क्रिकेट टोलीका कप्तानसमेत हुन् । नेपाल, श्रीलंका, भारत र आयोजक बंगलादेश सम्मिलित शारीरिक अशक्तता भएकाबीचको क्रिकेट सिरिज चलिरहेको छ।

उक्त शृंखलाका क्रममा श्रीलंकाविरुद्ध खरेलले लिएको विकेटको भिडियोले सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा पाइरहेको छ । ‘श्रीलंकन ब्याटर ६३ रनमा आक्रामक खेलिरहेका थिए । उनलाई आउट गर्न जरुरी भइसकेको थियो, कप्तान भएकाले ममाथि जिम्मेवारी र दबाब थियो । मैले उनलाई आउट पार्दै जिम्मेवारी पूरा गरेको हुँ । त्यसले श्रीलंकाको रन रोक्न सफल भयो,’ बंगलादेशमा रहेका खरेलले भने ।

नेपालको चर्चित अनलाइन नेपाल खबरसँगको कुराकानीमा उनले भिडियो भाइरल भएको देखेपछि आफूहरू थप खुसी भएको पनि बताए । ‘पहिले धेरैले हाम्रो कस्तो टिम हो, कसरी खेल्छ ? हामी पनि क्रिकेट खेल्न सक्छौं र ? आदि धेरै जिज्ञासा राख्नुहुन्थ्यो,’ खरेलले भने, ‘भिडियो हेरेपछि धेरैले बुझ्नुभएको होला । भिडियोमा राम्रै प्रतिक्रिया आएका छन् । अगाडि बढ्न शुभकामना र हौसला आइरहेका छन् ।’

नवलपरासीका खरेलको ५ वर्षमै धान काट्ने मेसिनले दाहिने हात का’टिएको थियो । त्यसबेला समाजमा अपांगता भएकालाई हेयभावले हेरिन्थ्यो । काकाहरूको सहयोगमा खरेल जोरपाटीस्थित एसओएस बालग्राम पुगे । जहाँ टोलकै दाइहरू क्रिकेट खेलिरहेका हुन्थे । सुरुमा दाइहरूले उनलाई बल टिप्न लगाउँथे । पछि बलिङ गर्न दिन थाले । त्यसरी नै क्रिकेटप्रति उनको रुचि बढ्दै गयो ।

केही समयपछि दुबईमा अपांगता भएकाहरूको अर्को प्रतियोगिता हुँदैछ । सबैले सहयोग गरे नेपालका तर्फबाट राम्रो गर्न सकिने उनी बताउँछन् । क्यानले पनि अपांगता भएकाहरूको क्रिकेटका लागि छुट्टै युनिट बनाउनुपर्ने उनको तर्क छ ।