Khabar Board
Flash logo up side
flash header

मुम्बईमाथि राजस्थानको शानदार जित, यस्तो बन्यो अंक तालिका

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको पहिलो खेलमा पाँचपटकको उपाधि विजेता मुम्बई इण्डियन्सलाई २३ रनले हराउँदै राजस्थानले लगातार दोस्रो जित हासिल गरेको हो ।

पहिलो खेलमा उसले सनराइजर्स हैदराबादलाई ६१ रनले हराएको थियो । मुम्बईको भने यो लगातार दोस्रो हार हो । ऊ पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा राजस्थानले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।

उसका लागि तिलक वर्माले ६१, इशान किशनले ५४, किरण पोलार्डले २२, कप्तान रोहित शर्माले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । राजस्थानका लागि युजवेन्द्र , नवदीप सैनीले दुई–दुई, रविचन्द्रन आश्विन, प्रशिद्ध कृष्णा र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित डाक्टर डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो । उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतक बनाए । उनले ६८ बलमा ११ चौका र पाँच छक्कासहित १०० रन बनाएका हुन् । आईपीएलमा बटलरको यो दोस्रो शतक हो । साथै, आईपीएल २०२२ मा शतक बनाउने उनी पहिलो ब्याटर पनि बनेका छन् ।

Center article

त्यस्तै, शिमरोन हेटमायरले ३५ र कप्तान सञ्जु सामसनले ३० रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकका समेत रन जोड्न सकेनन् । मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै, ट्यामल मिल्सले तीन र किरण पोलार्डले एक विकेट लिए ।

जारी सिजनमा राजस्थानले सनराइजर्स हैदराबादलाई ६१ रनले हराएको थियो । मुम्बई भने पहिलो खेलमा दिल्लीसँग ४ विकेटले पराजित भएको छ । हालसम्म मुम्बईले सर्वाधिक पाँचपटक र राजस्थानले एकपटक आईपीएल उपाधि जितेका छन् ।

आजको जितसँगै राजस्थान फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने तालिकाको दशौं अर्थात पुछारमा छ । त्यस्तै, दोस्रो, तेस्रो, चौथो, पाचौँ, छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा क्रमशः कोलकाता, दिल्ली, गुजरात, लखनऊ, बैंग्लोर, पञ्जाब र चेन्नई रहेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.