Khabar Board
Flash logo up side
Nirbachan aayog

‘त्रिकोणात्मक सिरिज’ जितेपछि नेपाली टिमबारे भारतीय मिडियाले के लेखे?

Nirbachan m

काठमाडौं ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि घरेलु टोली नेपालले जितेको छ । नेपालले सोमबारको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) लाई ५० रनले पराजित गरेको हो । सन्दीपको कप्तानीमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

१६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो ।पिएनजीका लागि सेसे बाउले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ५९ रन बनाएका उनले ३८ बलमा ६ छक्का र एक चौका प्रहार गरे ।

चार्ल्स अमिनीले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार, करण केसीले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । ३८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे ।

करण केसी ३३ रनमा अविजित रहँदा आसिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे । सातौं विकेटका लागि दीपेन्द्र र करणले अविजित ५४ रनको साझेदारी गरे । पिएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कावुआ मोरेया र राइली हेकुरेले एकरएक विकेट हात पारे ।

Panacea Education

मलेसिया समेत सम्मिलित सिरिजमा नेपाल समूह चरणमा शतप्रतिशत जित निकाल्दै फाइनल पुग्दा पिएनजीले चारमध्ये एक जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको जितबारे के लेखे भारतीय मिडियाले?

नेपालले जितेको त्रिकोणात्मक सिरिजको समाचारलाई भारतीय मिडियाले पनि स्थान दिएका छन् । भारतको चर्चित खेलकुद अनलाइन स्पोर्ट्सकीडाले नेपालले जितेको सिरिजबारे पूरा समाचार लेखेको छ । उसले दीपेन्द्रसिंह ऐरी र करण केसीको प्रदर्शनको प्रशंसा गर्दै लेखेको छ, ‘प्रतियोगिताको ५ खेलमा दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २५५ रन बनाए भने करण केसीले ५ खेलमा १३ विकेट लिए ।’

स्पोर्ट्सकीडाले शीर्षमा लेखेको छ, ‘टी–२० फाइनलमा नेपालको शानदार जित, प्रमुख खेलाडीको उत्कृष्ट अलराउन्ड प्रदर्शन ।’ एनडी टिभि स्पोर्ट्सले पनि नेपालको जितबारेको स्कोरबोर्ड अपडेट गराएको छ । अमर उजालाले पनि नेपाल र पिएनजीबीचको फाइनल खेलको स्कोरबोर्डसहित जानकारी दिएको छ ।

डिएनए इण्डिया डटकमले लेखेको छ, ‘त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालको शानदार जित ।’ जी न्यूजले पनि नेपाल र पिएनजीबीचको स्कोरबोर्ड साइटमा राखेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.