Khabar Board
Flash logo up side
flash header

श्रीलंकन क्लबविरुद्ध दबाबमा मछिन्द्र, ३० मिनेट नबित्दै २ गोलले पछि

Nirbachan m

काठमाडौं ।

एएफसी कप–२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा श्रीलंकाको ब्लु स्टार क्लबसँग मछिन्द्र फुटबल क्लब पहिलो हाफ नसकिँदै २ गोलले पछि परेको छ । मछिन्द्रविरुद्ध श्रीलंकन क्लबले २५ औं र २८ औं मिनेटमा गोल गरे ।

१५ औं १५ मिनेटमा भने ब्लु स्टारका खेलाडीको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । तर, केही समयमै ब्लु स्टारले २ गोल गर्न पुग्यो । ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहँदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेको हो ।

Center article

यो खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ । यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ । खेलको टिकट दर भिआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय राखिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.