Khabar Board
Flash logo up side
Nirbachan aayog

बोर्डको ‘सेन्ट्रल कन्ट्याक्ट’ मा मौका पाउने २० अष्ट्रेलियन खेलाडी

Nirbachan m

काठमाडौं ।

क्रिकेट अष्ट्रेलियाले २०२२/२३ का लागि केन्द्रीय अनुबन्धमा समावेश भएका खेलाडीको सूची सार्वजनिक गरेको छ । बोर्डले २० खेलाडीलाई केन्द्रीय अनुबन्धमा समावेश गर्दै सूची सार्वजनिक गरेको हो । सूचीमा विकेटकिपर जोस इङ्लिस र र उस्मान ख्वाजालाई पनि समावेश गरिएको छ ।

यी दुई खेलाडीले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यस्तै, मिचेल मार्श, स्कट बोल्याण्ड, ट्रभिस हेड, मार्कस स्टोइनिस र मिचेल स्वेप्सन केन्द्रीय अनुबन्ध जोडिएका छन् ।

मार्कस ह्यारिस, म्याथ्यू वेड, झय रिचडर्सन, केन रिचडर्सन र टिम पेन भने केन्द्रीय अनबुन्धबाट बाहिरिएका छन् ।  यी तिनै खेलाडीले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकेका छैनन् । रिचडर्सनद्वयले टिममा मौका पाइरहे पनि पेन भने कप्तानीबाट हटेपछि विश्राम गरिरहेका छन् ।

अष्ट्रेलिया बोर्डको २०२२/२३ को सेन्ट्रल कन्ट्याक्टमा पर्ने २० खेलाडी : एस्टन अगर, स्कट बोल्याण्ड, एलेक्स केरी, प्याट कमिन्स, आरोन फिन्च, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रभिस हेड, जोस इंग्लिस, उस्मान ख्वाजा, मार्नस लाबुसशेन, नाथन लियोन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेप्सन, डेविड वार्नर र एडम जम्पा ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.