काठमाडौं ।
एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणमा थप एक खेलाडी समावेश भएका छन् । समावेश हुने खेलाडी फिडफिल्डर विशाल राई रहेका छन् । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बोलाएको २४ सदस्यीय टोलीमा उनी अटाएका थिएनन् ।
अब यी २५ खेलाडीबाट अल्मुताइरीले अन्तिम टोली घोषणा गर्ने छन् । नेपाल एसियन कपको समूह ‘ए’ मा छ । जहाँ नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । नेपालले आफ्नो पहिलो खेल ८ जुनमा जोर्डनसँग खेल्नेछ ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षण १५ अप्रिलदेखि सुरु हुनेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । तेस्रो खेलमा नेपालको भेट इन्डोनेसियासँग हुनेछ । सो खेल १४ जुनमा हुनेछ । सबै खेल कुवेतमा हुनेछन् ।
बन्द प्रशिक्षणमा बोलाएका खेलाडी : किरणकुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई ।